सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य बढेर शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य १३ सय ५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार ११:५३