बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट भएको छ । आइपीओमा ८ हजार ९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आइपीओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ ।

बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३५ ले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको थियो । यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, बिपिडब्लु लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार ११:५९