दुई लघुवित्तबीच मर्जर सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दुई लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौं । मानुषी र श्रीजनशील लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई बीच शुक्रबार एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको हो ।

सम्झौतापत्रमा मानुषीका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् । हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ ।

एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । दुवै कम्पनीले आइपीओ जारी गरिसकेका छन् ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १२:३८