२०८० मा ४९ दिन सार्वजनिक बिदा, कुन-कुन पर्वमा हुने भयो बिदा ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

२०८० मा ४९ दिन सार्वजनिक बिदा, कुन-कुन पर्वमा हुने भयो बिदा ? (सूचीसहित)



काठमाडौं । सरकारले २०८० सालमा हुने सार्वाजनिक विदाको ‘क्यालेण्डर’ सार्वजनिक गरेको छ । ‘क्यालेण्डर’अनुसार शनिवार बाहेक वर्षभरी सार्वजनिक र बिशेष बिदा ४९ दिन परेको छ । गृह मन्त्रालयले बिहीवार राजपत्रमा निकालेको सुचना अनुसार मुलुकभर सबैका लागि हुने सार्वजनिक बिदा ३५ दिन परेको हो ।

समुदाय बिशेषका लागि हुने बिदा भने १४ दिन परेको छ । राजपत्र अनुसार दशै, तिहार, छठ, उभौली, उधौली, ल्होसार, माघी, इद, फागुपूर्णीमा, नयाँ वर्ष, रक्षावन्धन, श्रीकृष्ण जन्मअष्ठमीमा सबैका लागि बिदा दिइएको छ । त्यस्तै, मजदुर दिवस, संविधान दिवस, जनयुद्ध दिवस, महिला दिवस, प्रजातन्त्र दिवस, संविधान दिवसमा पनि सबैका लागि बिदा दिइएको छ । पृथ्वी जयन्ती र वुद्ध जयन्त्रीका दिन पनि सबैका लागि बिदा दिइएको छ ।

त्यस्तै, तीज, जितिया पर्व, वसन्त पञ्चमी, गाइजात्रा, इन्द्र जात्रा, गोडे जात्रा, भोटो जात्रा, अपांगता दिवस, फाल्गुनन्द जयन्ती, महोहम्मद जयन्ती, गुरु नानक जयन्तीमा भने सम्वन्धित समुदायलाई मात्रै सर्वजनिक बिदा दिइएको छ । यस बाहेक प्रदेश सरकारले पनि बढीमा ६ दिनसम्मका लागि सर्वजनिक बिदा दिन सक्नेछ । प्रदेश सरकारले दिएको विदा सम्वन्धित प्रदेशभर मात्रै लागू हुनेछ । यसरी दिइएको बिदाको सुचना प्रदेश सरकारले संघस्थित गृह मन्त्रालयमा अनिवार्य जानकारी गराउनु पर्नेछ । त्यस्तै, बिभिन्न मुलुकमा रहेका कुटनीतिक नियोगले सम्वन्धित मुलुकले दिएको सार्वजनिक बिदा हेरी बढीमा १८ दिनसम्म विदा दिन सक्नेछन् ।

बिदामा सार्वजनिक सेवा प्रवाह यथावत रहेन

गृहले राजपत्रमा निकालेको सुचना अनुसार दशै र तिहार बाहेकका पर्व, जयन्ती, जात्रा र दिवसमा सर्वजनिक विदा भए पनि सरकारी कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा भने सुचारु रहनेछ । सरकारले नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजस्व, क्वारेन्टिन, सवारी अनुमतिपत्र, सवारी साधन दर्ता तथा नविकरण, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगार लगायतलाई सार्वजनिक सेवा मानेका छ ।

त्यस्तै, भेटेनरी, खानेपानी, विद्युत, सडक तथा ढल मर्मत, खाद्य परिक्षण, शिक्षण संस्थाका परिक्षा, वैदेशिक अध्ययन, बैकिङ तथा बिमा सम्वन्धि काराबोर, अस्पताल, दुरसञ्चार, फोहरमैला व्यवस्थापन, फयरव्रिगेड, टक्सार, शान्ति सुरक्षा जस्ता सेवा प्रवाहलाई पनि सरकारले सार्वजनिक सेवा अन्तरगत राखेको छ । राजपत्रमा प्रकाशित सुचना अनुसार १ बैशाखदेखि १५ कात्तिकसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सरकारी कार्यालय खुल्ने छ । १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० देखि साँझ ४ बजेसम्म सरकारी कार्यालय खुल्नेछ । १६ माघदेखि चैत मासन्तसम्म सरकारी कार्यालय बिहान १० देखि साँझ ५ बजेसम्म नै खुल्नेछ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १२:४७