राष्ट्रिय बीमा कम्पनीमा ठूलो संख्यामा रोजगारी खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय बीमा कम्पनीमा ठूलो संख्यामा रोजगारी खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । कम्पनीले व्यवस्थापक देखि सहायकसम्म २४ जना कर्मचारी खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लागेको हो ।

कम्पनीले प्रशासन व्यवस्थापकमा १ जना, प्रशासन सह व्यवस्थापक १ जना, प्रशासक चार्टर्ड एकाउन्टेन्डमा महिला १ जना, नायव व्यवस्थापकमा खुल्ला र दलित गरी २ जना, नायव व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्ड) मा महिला १ जना, कानुन अधिकृतमा महिला १ जना महिला, सूचना प्रविधि अधिकृतमा महिला १ जना सहायक व्यवस्थापकमा ९ जना, प्रशासक सहायक ‘क’ मा १ जना र प्रशासक सहायक ‘ख’ मा ६ जना गरी २४ जना कर्मचारी माग गरेको छ ।

इच्छुक योग्गता पुगेको नेपाली नागरिकले आज (चैत ३) गते देखि २१ दिन भित्र दरखास्त बुझाउनु पर्ने छ । दोब्बर दस्तुरमा भने चैत ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १३:३१