सरकार स्थिर भएमात्रै मूलुकले राम्रो नतिजा पाउँछ : मन्त्रीमोदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

सरकार स्थिर भएमात्रै मूलुकले राम्रो नतिजा पाउँछ : मन्त्रीमोदी



काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थिर र स्थायी सरकारबाट मात्रै मूलुकको विकास निर्माणमा राम्रो प्रगति हुन सक्ने बताएका छन् । नयाँ बानेश्वरस्थित हलमा भएको उपराष्ट्रपतिको मतदानपछि मन्त्रीमोदीले सरकार स्थिर रहिरह्यो भने सोचे जस्तो परिणाम दिन सकिने बताएका हुन् ।

सरकारले पूर्ण कार्यकाल काम गर्ने वातावरण बन्यो भने मात्रै परिणाम देखाउन सकिने उनको भनाई छ । उनले भने, ‘हामी जहाँ छौ जुन तरिकाले काम गरिरहेका छौ । हाम्रो मन्त्रालयको कुरा गर्दा दुई महिनामा हामीले सुधार गरेका छौ । सुशासनको कुरामा दुर्गम ठाउँमा जान नचाहने, सरल र सुविधा भएको ठाउँमा जान चाहने कर्मचारीलाई दुर्गम ठाउँमा पनि जानु पर्छ भनेर प्रोत्साहित गरेका छौ । हामीले जनताको सेवा प्रवाह गर्ने भएकोले यस विषयमा प्राथमिकतामा हामी लागेका छौ।’

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १४:१७