तीन जना शेयर लगानीकर्ता पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तीन जना शेयर लगानीकर्ता पक्राउ



काठमाडौं । नेपाल स्टक एक्चेन्स नेप्सेको भवन अगाडि प्रर्दशनगर्न खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यालय अगाडि होहल्ला गर्दै प्रर्दशन गर्ने मध्ये तीन जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी परिषरले जनाएको छ ।

पक्राउ पर्नेमा शेयर बजारका लगानीकर्ता तिलक कोइराला, नयनवास्तोला र अर्जुन कोइराला रहेको प्रहरीले जानकारी दिएको छ । उपत्यका प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले भने ‘नेप्से भवन अगाडि उनीहरुले हो हल्ला गरेर भिड जम्मा पार्ने र हुल दंगा गर्ने प्रयास गरेकाले प्रक्राउ गरिएको हो ।’

पक्राउ परेका तीनै जनालाई अनामनगर स्थित प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका तिलक कोइराला पूँजि बजारको स्थाइत्वका लागि पटक पटक अनसन बस्दै आएका व्यक्ति हुन् भने नयन र अर्जुन पनि लगानीकर्ता हुन् ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १७:२७