प्रहरी नियन्त्रणबाट मुक्त भए लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रहरी नियन्त्रणबाट मुक्त भए लगानीकर्ता



काठमाडौं । दिनभर प्रहरी नियन्त्रणमा रहेका तिन जना सेयर लगानीकर्ताहरु शुक्रबार साँझ छुटेका छन्। नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले आगामी आइतबार छलफलका लागि डाकेपछि लगानीकर्ताहरुलाई प्रहरीले साँझ छाडिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष बुढासँग पुँजीबजार सुधार र विस्तार छलफलका लागि पुगेका लगानीकर्तालाई प्रहरीले बिहान गिरफ्तार गरी दिनभर प्रहरी चौकीमा राखेको थियो।

प्रहरी नियन्त्रणबाट छुटेका लगानीकर्ता बास्तोलाले आफूहरुको माग पूरा नभएसम्म नेप्से घेराउ अभियान जारी रहने र लगानीकर्तालाई साथ दिन आग्रह गरे। ‘नेप्सेका अध्यक्ष भन्सार विभागका डीजी भएकोले उनले हामीलाई भन्सार विभागमा छलफल गर्न बोलाएका छन्’, उनले भने, ‘तर हामी छलफल गर्न किन भन्सार विभाग जाने ? छलफल हामी नेप्सेमै बसेर गर्न चाहन्छौँ। त्यसैले आइतबारदेखि हामी नेप्सेमै भेला हुन्छौँ। छलफल गर्ने हो भने नेप्से अध्यक्ष त्यहीँ आउनुपर्छ।’

विशेष रुपमा यसअघि नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा रहेको कुरा तत्काल कार्यन्वयन हुनुपर्ने आफूहरुको माग रहेको बास्तोलाले बताए।

सेबोनसँग भएको १९ बुँदे सहमतिको बुँदा नं. ७ मा नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने कुरा उल्लेख छ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १८:०६