एमाले कार्यकर्ताहरु भन्छन– ‘मिसन ग्रासरुटले एमाले भएको अनुभूति दिलायो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

एमाले कार्यकर्ताहरु भन्छन– ‘मिसन ग्रासरुटले एमाले भएको अनुभूति दिलायो’



बागलुङ । पार्टीमा निरन्तर लागेका तर पार्टीको संगठित सदस्यता नलिएका धेरै कार्यकर्ताहरु यतिबेला खुशी भएका छन्, आफ्नो प्यारो पार्टीको संगठित सदस्यता पाउने भयौ, अर्का कार्यकर्ता कृष्ण बहादुर गिरीले भने,–‘जान्ने भएदेखि नै एमाले भइयो, तर अहिलेसम्म संगठित सदस्यताको बारेमा थाहा थिएन, यो अभियान नआएको भए अझै कति समय पार्टीको संगठित सदस्यता नपाइने रहेछ ।’

मिसन ग्रासरुट अभियानका क्रममा नेताहरुले कार्यकर्ताहरुमा रहेका आक्रोश, जिज्ञासा, सुझाव ग्रहण गर्नुका साथै पार्टीलाई थप व्यवस्थित र प्रभावकारी रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी गराउनु भयो, गिरीको भनाइ थियो ।
एमालेबाट भीमापोखराको जनप्रतिनिधि समेत रहेका प्रेम बहादुर हमालले २ वर्ष अगाडि सदस्यता नविकरण गर्न बिर्सिएको र हाल आफु संगठित सदस्य नभएको जानकारी दिए । पहिला पहिला यसरी टोल टोलमै आएर सदस्यता नविकरण, नयाँ सदस्य वितरण हुदै भएन, हमालले भने– ‘अहिले जस्तै गरी अभियान चलाएको भए म दुई वर्षसम्म पार्टी सदस्यता भन्दा बाहिर रहनु पर्ने थिएन ।’

एमालेले सञ्चालन गरेको अभियान अन्तरगत शुक्रवार साविक भीमापोखरा गाविसको वडा नं. ९ को टोल भेलाका सहभागीहरुले पार्टीले समय समयमा यसैगरी कार्यकर्ताका बीचमा छलफल गर्ने, गुनासाहरु सुन्ने, समस्याहरुको पहिचान गरी समाधानका लागि प्रयास गर्ने हो भने पार्टी र जनताबीचको सम्बन्ध बढ्ने र समाजमा विकासका साथै एक आपसमा राम्रो सम्बन्ध हुने बताएका थिए ।

पार्टीमा लामो समयदेखि काम गर्दै आउनु भएका कुल बहादुर खत्रीले पार्टीमा लागेर के पाए, के गुमाए भन्दा पनि बेला बेलामा पार्टीको यस्तै अभियान टोल टोलमा आउने र सबैका भावनालाई सुनेर सल्लाह सुझाव दिनु पर्ने बताए ।

पार्टीमा लामो समयदेखि काम गर्दै आएका र हालसम्म संगठित सदस्य नभएका १८ जना कार्यकर्ताहरुले नयाँ सदस्यका लागि फाराम भरेका छन्, पुराना २४ जना सदस्यहरुले टोलभेलामा सदस्यता नविकरण गरेका छन् ।

टोल भेलामा पार्टीका तर्फबाट अभियानमा खटिएका गण्डकी प्रदेश कमिटिका सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानले नेता र कार्यकर्ताका बीचको सम्बन्धलाई सुधार गर्नुका साथै स्थानीय स्तरमा भएका समस्याहरुको पहिचान गरी पार्टीको नीति निर्माणमा समेत सघाउ पु¥याउन सहयोग पुग्ने बताए ।

जिल्ला सचिवालय सदस्य दिपक गौतमले पार्टीको काममा निरन्तर लाग्ने तर संगठित सदस्य नबनेका कार्यकर्ताहरुलाई पार्टी सदस्य बनाउनुका साथै उनीहरुलाई पार्टीको जिम्मेवारी दिएर सक्रिय बनाउनु पर्नेमा जोड दिए ।


एमाले काठेखोलाका सचिव विद्यापती शर्माले यो अभियानले पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई उत्साहित बनाएको र स्थानीय स्तरमा पार्टी कार्यकर्ताहरुबीच भएका आन्तरिक मतभेदहरु समाप्त भएर सबल पार्टी निर्माणमा योगदान पुग्ने धारणा राखे ।

टोल समितिका सदस्य नन्दलाल पाध्याको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमालेका वडा नं. २ का अध्यक्ष नारायणदत्त रेग्मीले गरेका थिए ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार १२:५६