सानिमा मिडिल तमोर हाइड्रोको आइपिओ बुधबार बाँडफाँट हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा मिडिल तमोर हाइड्रोको आइपिओ बुधबार बाँडफाँट हुँदै



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओ आगामी बुधबार बाँडफाँड गर्ने भएको छ । आइपिओ चैत्र ८ गते बुधबार बिहान बाँडफाँड गर्ने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १७:५३