५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले ५ जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे हाल कायम रहेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १५:१४