विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भएको छ ः प्रधानमन्त्री प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भएको छ ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भइरहेको बताएका छन् ।
विश्वासको मत लिने क्रममा प्रतिनिभिसभा बैठकमा बोल्दै उनले, पुरानो विकास योजनाको नीति तथा कार्यक्रमलाई टालटुल गरेर काम चलाउने भन्दा त्यो क्रमलाई भंग गर्न आवश्यक भएको बताए उनले भने ‘ विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भइरहेको छ ।

राष्ट्रिय गौरव लगायतका ठूला परियोजनाहरूको निर्माणलाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गर्न बजेट र जनशक्ति अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।’

उनले ठेक्का लिएर काम पूरा नगर्ने, बीचमै काम छोड्ने तथा काममा विलम्ब गर्ने निर्माण व्यवसायीहरूलाई सचेत गराइएको भन्दै बारम्बार म्याद थप्दा पनि काम पूरा नगर्ने व्यवसायीलाई कालोसूचीमा राखिएको दाबी गरे । आशा गरेभन्दा उत्पादनको क्षेत्रमा कम विकास भएको भन्दै उनले भने हाल प्रयोगमा रहेको विकास योजनाहरुमा पूर्वाधारको व्यवस्थाबाट विकासको ढोका खोल्ने प्रयास भइहरेको बताए ।

उनले थपे ‘खेतियोग्य जमिन बाँझो हुँदै गएका छन् । युवाहरु रोजगारीका लागि विदेशिने क्रम घटेको छैन् । यो अवस्थाबाट पार पाउन पहिले कार्यान्वयन गरि आएका नीति योजना र कार्यक्रममा टालटुल गर्ने सुधार अब सम्भव छैन् । त्यसमा क्रमभंग नै जरुरी छ ।’

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १५:२६