प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दोस्रो पटक विश्वासको मत प्राप्तः पक्षमा १७२ मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दोस्रो पटक विश्वासको मत प्राप्तः पक्षमा १७२ मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले, संसदमा उपस्थित २ सय ६२ सांसद मध्ये १ सय ७२ जनाको मत प्राप्त गरेका हुन् । गठबन्धन परिर्वतन गरेसंगै एमाले र राप्रपाले साथ छाडेपछि दुई महिनामै दोस्रो पटक विश्वासको मत दिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षीमा ८९ सांसदले मत हालेका हुन् । त्यस्तै १ जना सांसद तटस्थ रहे ।

प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक थियो । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन् ।

प्रधानमन्त्रीलाई एमालेको ७९ र राप्रपाको १४ सांसदले विश्वासको मत नदिएका हुन् । स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद हुनुहुन्छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १७:५७