आज बैंक तथा वित्तीय संस्था खुला रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आज बैंक तथा वित्तीय संस्था खुला रहने



काठमाडौ । सरकारले घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ। उपत्यकामा सार्वजनिक बिदा भएपनि यस दिन बैंकहरु भने खुला रहने भएको छ।

नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशिन दिएको छ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलवार ०५:५९