सुन ५ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सुन ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुन ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलवार ११:५७