अर्थतन्त्रको बागडोर प्रकाशशरण महतलाई ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रको बागडोर प्रकाशशरण महतलाई !



काठमाडौं। अर्थतन्त्रको बागडोर नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महत अर्थमन्त्री काँधमा पुग्ने संकेत देखिएका छन्। प्रचण्ड नेतृत्वको सरकारमा डा.महत अर्थमन्त्री बन्ने करिब निश्चित जस्तै देखिएको कांग्रेसका नेताहरू बताउँछन्।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुने निर्णयसँगै अर्थ मन्त्रालयको बागडोर महतले सम्हाल्न पाउने आधार तय भएको हो।

अर्थमन्त्री पदका लागि काँग्रेसबाट निर्वार्चित भएका सांसद विनोद चौधरी, ज्ञानेन्द्रवहादुर कार्कीको नाम पनि चर्चामा छ । तर,काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्। त्यस कारण पनि काँग्रेस डा.महतको नेतृत्वमा काँग्रेस सरकारमा जाने तयारी गरेको छ ।

विगतमा वाह्य क्षेत्रको दबाबमा रहेको नेपाली अर्थतन्त्रमा यतिबेला आन्तरिक गतिविधि सुस्त र शिथिल छ। वाह्य क्षेत्रमा क्रमिक सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रको गति चलायमान हुन नसक्दा आर्थिक गतिविधि लगभग ठप्पजस्तै छन्।

प्रकाशित : ७ चैत्र २०७९, मंगलवार १२:४४