सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् ।

उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलवार १६:०१