सगरमाथा जलविद्युत कम्पनीको आईपिओ आजदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगरमाथा जलविद्युत कम्पनीको आईपिओ आजदेखि



काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीले आज चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको छ । बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कितात शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार ११:२०