निफ्राको सञ्चालक समिति बाहिरिए चन्द्र ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

निफ्राको सञ्चालक समिति बाहिरिए चन्द्र ढकाल



काठमाडाैं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

ढकालले चैत्र ७ गते राजीनामा दिएकोमा बैंकको चैत्र ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार ११:३५