अर्थतन्त्रमा देखिएको चुनौती सम्बोधन सरकारको पहिलो प्राथमिकतामा: पूर्वाधार मन्त्री श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रमा देखिएको चुनौती सम्बोधन सरकारको पहिलो प्राथमिकतामा: पूर्वाधार मन्त्री श्रेष्ठ



काठमाडौँ । भौतिक योजना तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले मुलुकमा देखिएको आर्थिक समस्या सम्बोधनका लागि आवश्यक प्रयास गरिरहेको दाबी गरेका छन् । नगर विकास कोषले बुधवार ललितपुरमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले, अब सरकारको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धीतर्फ केन्द्रित गरिने बताएका हुन् ।

मुलुकले आन्तरिक तथा बाह्य कारणले विभिन्न खाले चुनौतीको सामना गर्नु परेकोले विकासमा पछाडि परेको बताउँदै उनले भने ‘मुलुकमा देखिएको विभिन्न चुनौती मध्ये अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न तत्काल ध्यान केन्द्रित गर्नुपर्ने छ ।’

परिवर्तनको महसुस हुने गरी राज्यका विभिन्न अङ्ग र विद्यमान संस्थाहरूले कामगर्न नसकेको बताएका मन्त्री श्रेष्ठले, नगर विकास कोषले पनि आवश्यकता र आपूर्ति बीचको आर्थिक तथा प्राविधिक खाडललाई पुरा गर्ने महत्त्वपूर्ण अङ्गबन्नु पर्नेमाजोड दिए ।

उनले थपे ‘यो कुरा नगर विकास कोषको हकमापनिलागु हुन्छ । कोषले पनिआफ्नो स्पिडलाई पुनर्संरचनागर्न र सहरी विकासको क्षेत्रमा आफू गरी आएको योगदानको अझ वृद्धि होस ।’ नीतिगत रूपमै पुनर्संरचना गर्दै नगर विकास कोषलाई सबल वित्तीय संस्था बनाउन जरुरी भएको बताएका उनले नतिजा आउने गरी कामगर्ने विधि र सोचको खाँचो औँल्याए ।

सहरी विकास पूर्वाधारबाट गरिने आर्थिक तथा सामाजिक विकासका कामले नागरिकको जीवनयापन सहज हुने अपेक्षा गरिए पनि अपेक्षाकृत काम नभएको उनको गुनासो छ । पूर्वाधारका क्षेत्रमा केही उपलब्धि भए पनि व्यवस्थित सहर निर्माण र पुर्नवास को काममा उत्साहजनक काम नभएको उनको भनाई छ ।

नगर विकास कोषले तीन तहका सरकारको बीचमा पुलको भूमिका निर्वाह गर्दै आएकोले नीतिगत पुनर्संरचना आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार १७:४९