सुनकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहीबार ११:१८