मकर जितुमाया सुरी हाईड्रोको आईपिओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मकर जितुमाया सुरी हाईड्रोको आईपिओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ आज चैत ९ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर आज बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड गरिएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट जततउकस्ररचभकगतिक।उचबदजगअबउष्तब।िअयm तथा सिडिएससिको वेवसाइट जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिने व्यवस्था मिलाईएको क्यापिटलले जनाएको छ छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहीबार १६:४०