सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स संयुक्त कारोबार गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स संयुक्त कारोबार गर्दै



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले संयुक्त कारोबार सुरु गर्नै भएको छ । बिहिबार काठमाडौंमा आयोजित संयुक्त समारोहमा बोल्दै लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोईरालाले दुई कम्पनी आपसमा मर्जर भएको र संयुक्त कारोबार सुरु गर्ने जानकारी दिएका हुन् ।

‘सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सहज मर्जर र संयुक्त कारोबार सुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ।’ आगमी दिनहरुमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लक्ष्यका साथ अब्बल संस्थाको रुपमा आफूलाई प्रस्तुत गर्ने बताएका छन् । अध्यक्ष कोईरालाले आपसमा मर्जर भएको लाइफ इन्स्योरेन्स कम्पनीले गा्रहकलाई दिने सेवा सुविधाहरु निकै नै राम्रो र बलियो भएको बताएका छन् ।

मर्जर पछिको कूलपुँजी ४ अर्ब १८ करोड रुपैयाँ, जीवन बिमा रकम ८,अर्ब ३२ करोड रुपैयाँ र जगडा कोष ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरि लगानीकर्ता कोष रकम ४ अर्ब ९६ करोड रुपैयाँ,लगानी रकम १३ अर्ब ५० करोड रुपैयाँ र कूलप्रिमियम १७ अर्ब ५५ करोड रुपैयाँरहेको छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार ११:०९