राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक



काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । विभागद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८) प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२) प्रतिशत छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर ३.३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप १.६७ प्रतिशत रहेका छन् ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार १२:००