मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण, ‘समाचारमा कुनै आधिकारिकता नरहेको स्पष्टोक्ति’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण, ‘समाचारमा कुनै आधिकारिकता नरहेको स्पष्टोक्ति’



काठमाडौं । सिद्धार्थ बैंकले मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। बैंकद्वारा जारी सूचनामा मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको हो।

‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीचमा मर्जर वा एक्विजिसनसम्बन्धी फैलाइएको समाचारमा बैंकको ध्यानाकर्षण भएको छ’, कम्पनी सचिव लक्ष्मण घिमिरेद्वारा सूचनामा भनिएको छ।

त्यस्ता समाचारमा कुनै आधिकारिकता नरहेको सूचनामा स्पष्ट पारिएको छ। सेयर बजारमा हिजो बिहीबार सिद्धार्थ बैंकको सेयरभाउ ८ प्रतिशतभन्दा बढीले बढेको थियो। यो दिन प्रतिकित्ता २१.६० रुपैयाँले बढेर यो बैंकको सेयरभाउ २८१.९० रुपैयाँ कायम भएको छ।

बजारमा सिद्धार्थ बैंक र एनआईसी एसिया बैंक मर्जरमा जान लागेको भनेर हल्ला फैलाइएको थियो। सोही हल्ला फैलाएर सिद्धार्थ बैंकको सेयरभाउ बढाइएको बजार जानकारहरुले बताएका थिए।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार १२:५२