सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रुपमा विकास गर्न सकिन्छ : राष्ट्रपति पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रुपमा विकास गर्न सकिन्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगका रुपमा विकास गर्न सकिने बताएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पदाधिकारीसँग शुक्रबार भेट्दै राष्ट्रपति पौडलले घरेलु उद्यमका रुपमा विकास गर्न सकिए यो ब्यवसायवाट धेरै लाभ लिन सकिने बताए ।

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनेक्रममा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रिय सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल गएको थियो ।

महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । त्यसक्रममा उनले घरेलु श्रम र शिपको प्रयोगगरी यो ब्यवसाय सञ्चालन गर्दा राज्य, ब्यवसायी र आम उपभोक्ता सवैलाई फाइदा पुग्ने बताए । मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै अर्थतन्त्रलाई मजवुत र प्रभावकारी वनाउन आवश्यक परामर्श गरिने बताए ।

वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलको भनाई छ । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए । राष्ट्रपति पौडलसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी ब्यवसायीका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष शाक्यले भने, कच्चा पदार्थको अभावमा ब्यवसायीले समस्इा झेल्नुपरेको बताउँदै पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चितगरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिनसक्नुपर्ने खाँचो औंल्याए । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उनले त्यसतर्फ पनि राज्यले ध्यान दिन सक्नुपर्ने धारणा राखे ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार १६:५५