आइडिया र वोडाफोन इन्डिया युनिटमा विलय हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइडिया र वोडाफोन इन्डिया युनिटमा विलय हुने



टेलिकमको बजारमा पहिलो नम्बरमा आउने सपना देखिरहेको रिलायन्स जियोलाई झट्का लाग्ने संभावना बढेको छ । टेलिकमको बजारमा चलिरहेको मुल्यको लडाइमा जुध्नको लागि आइडिया सेल्युलय र वोडाफोन इन्डिया युनिटमा विलय हुने बिषयमा छलफल चलिरहेको  खबरहरु बाहिर आएका छन् ।

यो खबर साँचो हुन गएमा  दुबैको विलय पछि बन्ने कम्पनीको सबै भन्दा धेरै ग्राहक हुने छन् । एयरटेल २३ करोड सबस्क्राइबर्सका साथमा पहिलो स्थानमा छ । रिलायन्सको साथमा ७.२ करोड कस्टमर छन् । तर वोडाफोन र आइडिया विलय  भए पछि कुल घढ करोड कस्टमर पुग्छन । जुन एयरटेल र रिलायन्स जियो दुबैको तुलनामा अधिक हो ।
आइडिया र वोडाफोन विलय पछि बन्ने संयुक्त कम्पनीसंग ४० प्रतिशत शेयर मार्केट हुन्छ । अहिले एयरटेलको टेलिकम मार्केटमा ३२ प्रतिशत हिस्सा छ । यदि दुई कम्पनी एक भए भने भारतिय टेलिकम बजारमा सबैै भन्दा ठूलो मर्जर हुन आउछ । एजेन्सी

प्रकाशित : १६ माघ २०७३, आईतवार १२:०२