नेष्डो समृद्ध लघुवित्तद्वारा बम्पर लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेष्डो समृद्ध लघुवित्तद्वारा बम्पर लाभांश घोषणा



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ । संस्थाको गत चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश छन्। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार ११:००