गुराँस लाइफ इन्सुरेन्सले १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

गुराँस लाइफ इन्सुरेन्सले १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा



काठमाडौं । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले १३.२७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.२७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बोनस सेयरमा लाग्ने करको रकम भने सेयरधनी आफैले तिर्नु पर्ने इन्सुरेन्सले जनाएको छ । नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार ११:०७