महुली लघुवित्तको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

महुली लघुवित्तको लाभांश संशोधन



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने छ ।

राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ ।

यसअघि भने सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार ११:२५