सुनको मुल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार ११:३३