आईटी ग्लोबलले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आईटी ग्लोबलले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’



काठमाडौं । आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजीजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो ।

सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवाल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनौट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्नेछन् ।

बैंकिङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेक लगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आईटी ग्लोबल प्रालिका सीईओ विश्व कर्मकारले बताए ।

सेन्टरबाट आवश्यकता अनुसार विज्ञमार्फत सम्बन्धित प्रविधिको तालिम र परामर्श समेत उपलब्ध गराइने जनाएको छ । बजारमा देखिएको प्रविधिको जागरूकता र दक्षताबीचको खाँडललाई न्युनिकरण गर्न इन्नोभेसन सेन्टरबाट तालिम र वर्कशप प्रदान गर्ने लक्ष्य रहेको कर्मकारले जानकारी दिए । सेन्टरबाट पूरानो प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण समेत गर्ने परामर्श विज्ञबाट दिइने ।

आईटी ग्लोबल प्रालि नेपालका लागि सूचना प्रविधि कम्पनी डेलको वितरक हो । बजार व्यवस्थापन गर्ने र साझेदारको इकोसिस्टमलाई प्रविधिमा दक्ष बनाउने, आवश्यक सपोर्ट र सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार १३:३५