प्रहरी संगठनमा सुधार आवश्यक छ : नवनियुक्त आईजिपी कुँवर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रहरी संगठनमा सुधार आवश्यक छ : नवनियुक्त आईजिपी कुँवर



काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

कार्यक्रममा उनले नेपाल प्रहरीको आन्तरिक सुधार कार्यकालको पाथमिकतामा रहेको बताए। उनले भने ‘नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने मेरो भीष्म प्रतिज्ञा हो। यसबाट म कति पनि डगमगाउने छैन् । प्रहरी संगठनमा सुधारको आवश्यकता छ । संगठन सुधारमा मेरा प्रयास रहनेछ । दिन गनेर बस्ने छुट मलाई छैन ।’

कार्यक्रममा उनले प्रहरीका कमजोरी लुकाउन आवश्यक नरहेको बताए । कमजोरी लुकाएर संगठनको सुधार नहुने दाबी गर्दैै उनले भने,‘‘प्रहरी संगठन कस्तो छ भन्ने बिषय लुकाइराख्नु पर्ने आवश्यकता छैन। यसलाई लुकाएरराख्दैमा संगठन सुधार हुन्छ भन्ने लाग्दैन।’

कार्यक्रमा उनले नागरिकलाई शान्ती सुरक्षा र कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाए । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार १३:४२