अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातक : डाक्टर कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातक : डाक्टर कोइराला



काठमाडौं । नेपाली काँग्रेसका सांसद डाक्टर शेखर कोइरालाले मुलुकको अर्थतन्त्र विकासका लागि रेमिटेन्समै भर पर्ने नीति सुर्धानु पर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको अर्थतन्त्रलाई लामो समयसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव नभएको बताएका हुन् ।

अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा मात्र भएको भन्दै भएको उनले, अब वैकल्पिक राय र राजस्व क्षेत्रको खोजी हुनु पर्नेमा जोड दिए । उनले भने ‘हामी सबैलाई थाहा छ । अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्सबाट प्राप्त विदेशीमुद्रा मात्र भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन श्रीलंका र पाकिस्तानको जस्तो सङ्कटतर्फ जानपनि रोकेको छ ।देशको अर्थतन्त्रलाई चिर कालसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव छैन भन्ने शिक्षालिएर वैकल्पिक राय र राजस्व क्षेत्रहरूलाई खोज्नुपर्छ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौतीथपिएकाले देशको अर्थतन्त्रनिराशाजनक रहेको बताए । संसद्, सरकार र प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधनगर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार १६:१७