राष्ट्रिय सहकारी महासंघ विरुद्ध रिले अनसन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी महासंघ विरुद्ध रिले अनसन सुरु



काठमाडौं । सहकारी बचाऔं राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघ विरुद्ध रिले अनसन सुरु गरेको छ। तरलता अभाव लगायतका समस्यालाई महासंघले सामुहिक समस्याको रुपमा स्वीकार नगरेको भन्दै अनसन सुरु गरेको हो।

सहकारी बचाऔं राष्ट्रिय अभियानले पूर्व निर्धारित कार्यक्रम अनुसार रिले अनसन सुरु गरेको हो। अभियानले फागुन २ राष्ट्रिय सहकारी महासंघमा १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त माग सम्बोधन नभएको भन्दै पूर्व निर्धारित कार्यक्रम अनुसार रिले अनसन सुरु गरेको हो।

सन्दर्भ ब्याजदर खारेज गर्न, तरलता संकट व्यवस्थापनका लागि राज्यकोषबाट सहयोग गर्न, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना गर्न, ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत रोक्का गर्न सकिने व्यवस्था गर्न माग गरिएको छ।

त्यस्तै सञ्चालक र कर्मचारीहरुले त्रासमुक्त भएर संस्था सञ्चालन हुने वातावरण सिर्जना गर्न, सदस्यहरुको बचतको सुरक्षाको बातावरण बनाउनका लागि सरकार र अभियानले स्पष्ट रुपमा सम्बोधन गर्न, ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप गर्न, संस्था सञ्चालनका लागि आवश्यक बातावरण बनाउन, २ वर्षको कुलिङ पिरियड घोषणा गर्न, सहकारीको नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युसन स्थापना गर्न उनीहरुले माग गरेका छन्।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार १४:४२