पुनर्निर्माण खर्च ६७० अर्ब, ५ बर्ष भन्दा बढी लम्ब्याउन नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माण खर्च ६७० अर्ब, ५ बर्ष भन्दा बढी लम्ब्याउन नहुने



yojanaकाठमाडौं । बिनाशकारी भूकम्पले क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण गर्न ६ खर्ब ७० अर्ब रुपैयां लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा गठित ‘विपद्पछिको आवश्यक्ता आंकलन समिति (पीडीएनए)’ को अन्तिम प्रतिवेदनले यो रकम आवश्यक देखाएको हो । आयोगले पीडीएनए प्रतिवेदन पुनरावलोकन गरी विहीबार अन्तिम रुप दिएको । गत साता पीडीएनएको प्रारम्भिक प्रतिवेदनले पुनर्निर्माण गर्न ६ खर्ब ६६ अर्ब रुपैंया लाग्ने देखाएको थियो । खेलकुदलगायत केही छुटेका क्षेत्रलाई समावेश गर्दा रकम बढेको आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले बताए । “दशरथ रंगशालालगावयत अन्य केही क्षेत्रको क्षति मूल्यांकन गर्न छुटेको रहेछ ”, उनले भने, “यसलाई समेट्दा प्रारम्भिक प्रतिवेदनभन्दा केही बढी देखिएको हो ।”

पीडीएनए तयार भई अहिले सम्पादनको काम भइरहेको उने बताए । भूकम्पले ७ खर्ब ६ अर्ब रुपैंया बरारबारको क्षति पु¥याएको जानकारी वाग्लेले दिए । उनका आनुसार भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माण गर्न ३ महिना देखि ५ बर्षसम्म लाग्नेछ । “केही ठूला र सांस्कृतिक सम्पदा निर्माण गर्न समय लाग्छ” उनले भने “सकेसम्म ५ बर्षभन्दा बढी समय लम्ब्याउन नहुने लक्ष्य निर्धारण गरिएको छ” । आजको अभियानमा खबर छ ।

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०२:१७