बैंकले लिने सावाँ, ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बैंकले लिने सावाँ, ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ । बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्त विषयमा ध्यान दिन समग्र सर्व(साधारणलाई सचेत गराएको हो ।

उक्त विषयमा बैंकले भनेको छ, ‘कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।’ तोकिएको शुल्क बाहेक अन्य कुनै पनि शुल्क लिन नपाउने व्यवस्था रहेको छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलवार १४:२४