मिटरब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

मिटरब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर सजाय गर्न कानुनमा सम्बोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यता, सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ । टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा रहेका छन् ।

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित आन्दोलित भएपछि सरकारले माग सम्बोधन गर्न पहल थालेको हो ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलवार १७:३७