बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार १६:२३