हाम्रो साकोसका ज्येष्ठ सदस्यलाई तीर्थाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हाम्रो साकोसका ज्येष्ठ सदस्यलाई तीर्थाटन



ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई तीर्थाटन भ्रमण सम्पन्न गरेको छ। संस्थाले ९७ जना ज्येष्ठ सदस्यलाई लुम्बिनी त्रिवेणी धाम, शाश्वत धाम, सौरहा र देवघाट धामको तीर्थाटन गरेको हो।

संस्थाले रजत जयन्ती वर्ष मनाइरहेको छ । संस्थाले हरेक वर्ष जेष्ठ सदस्यलाई तीर्थाटन भ्रमण गराउँदै आएको छ । नियमित बचत गर्ने, असल कारोबार गर्ने र लामो समयदेखि सदस्य रहेका जेष्ठ सदस्य तीर्थाटनमा सहभागी हुन पाउँछन् । संस्थाले दोस्रो चरणमा पनि तीर्थाटन गराउने जनाएको छ।

रजत जयन्तीको अवसरमा संस्थाले यस वर्ष सदस्य केन्द्रीत २५ वटा कार्यक्रम गर्ने घोषणा गरेको थियो । जेष्ठ सदस्य तीर्थाटन ५ औं कार्यक्रम हो ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार १७:०५