६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने



काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय सहकारी महासंघ नेपालले ६६औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउने जानकारी दिएको हो ।

दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे राजधानीका विभिन्न ठाउँबाट ¥याली निकालिने भएको छ । -याली नयाँ बानेश्वर चोक, मैतिदेवीबाट रातोपुल धोबिखोला किनार, रत्नपार्कबाट भद्रकाली, बसन्तपुरबाट रत्नपार्क र भद्रकाली हुँदै माइतिघरमा भेला हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, ललितपुर कानदेवतास्थान राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालय परिसरबाट थापाथली हुँदै माइतिघर भक्तपुर तीनकुनेमा भेला भई, नयाँवानेश्वर, बबरमहल हुँदै माइतिघर सम्पूर्णस्थानबाट आएको ¥याली माइतीघर मण्डला पुगेपछि भेला भई झांकी, ब्यानर र प्लेकार्डसहित माईतिघरमा कोणसभा गर्ने तय गरिएको छ ।

सहकारी दिवस ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने भावलाई सार्थक गर्न सहकारीका समसामयिक मुद्दाहरुलाई उजागर गर्न विभिन्न कार्यक्रमहरु भव्य रुपमा मनाउने योजना रहेको सहकारी दिवस मुल समारोह समितिका संयोजक ओम देवी मल्लले जानकारी दिइन् ।

वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।


सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित गर्दै अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि उपत्यकाभित्र सम्पूर्ण सहकारीकर्मीहरूको एउटै आवाजसहित राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार २०:२६