७५ लाख ठगि गरेको अभियोगमा रेणूकुमारी बस्नेत पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

७५ लाख ठगि गरेको अभियोगमा रेणूकुमारी बस्नेत पक्राउ



काठमाडौं । प्रहरीले बैंकिङ कसुरमा पूर्व राजदुत निरन्जनमानसिंह बस्नेतकी श्रीमति रेणुकमुमारी बस्नेत थापालाई पक्राउ गरेको छ । प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई आज बुधवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाई दिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएकी थिइन् । तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन् । नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन् । तर, चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगि गरेको अभियोगमा रेणुकुमारी बस्नेत पक्राउ परेको जानकारी दिए ।

उनले भने ‘जग्गा मिलाई दिने प्रलोभनमा ठगि गरेको भन्दै हामी कहाँ जाहेरी प¥यो । यहीक्रममा प्रहरी खोजी जुट्यो । ठगिमा संलग्न रेणुकुमारी थापा पक्राउ परिन् । घटना सम्वन्धमा अनुसन्धान भइरहेको छ । थप तथ्य पछि खुल्दै जाला ।’
पक्राउ परेकी बस्नेतकी श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदुत हुन् ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार २०:४५