सगरमाथा लुम्बिनी इन्सुरेन्सको सीइओमा चंकी क्षेत्री नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्सुरेन्सको सीइओमा चंकी क्षेत्री नियुक्त



काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चंकी क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २९ गतेबसेको बैठकले क्षेत्रीलाई सीइओ नियुक्त गरेको हो ।

यस्तै, बिमा प्राधिकरणले पनि उनलाई चैत १३ गते आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्न स्वीकृती प्रदान गरेको थियो । क्षेत्री यसअघि सगरमाथा इन्सुरेन्सको सीइओ रहेका थिए ।

सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट सगरमाथा लुम्बिनी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार ११:३९