राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर डा. नेपाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर डा. नेपाल नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको हो।

डा. नेपालले यसअघि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन् । यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुख हुन् ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १३:३४