चन्द्रागिरि नगरपालिका भित्र ६६ औं राष्ट्रिय सहकारी दिवसको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि नगरपालिका भित्र ६६ औं राष्ट्रिय सहकारी दिवसको तयारी



काठमाडौं । चन्द्रागिरि नगरभित्र सञ्चालित सहकारी संस्थाहरुले संयुक्तरुपमा सहकारी दिवस मनाउने भएका छन्। चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिको सहकार्यमा ६६ औं राष्ट्रिय सहकारी दिवस स्थानीय रुपमा मनाउने भएका हुन् ।

चन्द्रागिरि नगर सहकारी समन्वय समितिद्वारा गठित ६५ सदस्यीय पूर्ण कमिटी र ९ सदस्यीय सचिवालयले उक्त दिवस आयोजना र व्यवस्थापर्ने गर्ने भएको छ । सह आयोजकमा काठमाडौं जिल्ला सहकारी संघ चन्द्रागिरि उप समिति, चन्द्रागिरि बहुउद्धेश्यीय सहकारी समन्वय समिति र कोअपरेटिभ म्यानेजर्स क्लब काठमाडौं रहेका छन् ।

उक्त दिन चन्द्रागिरि नगरपालिकाको भवनबाट बाजागाजा र झाँकी सहित सहभागी सबै सहकारी संस्थालहरुले ¥याली निकाल्ने र सतुंगलको लाक्षीमा गई शुभकामना सभामा परिणत गरिने कार्यक्रम तय भएको जाइएको छ। जनमानसमा सहकारी प्रति नकारात्मक धारणा बन्दै गएको वर्तमान समयमा सहकारी संस्थाहरुको असल अभ्यास, सहकारीको योगदान र प्रतिवद्धताहरु नारा र प्लेकार्डहरु मार्फत प्रदर्शन गर्ने समेत तयारी गरिएको जनाईएको छ ।

सहकारी क्षेत्रले समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण र सदस्य तथा समुदायको हितको लागि खेलेको भुमिकालाई अवमूल्यन नगर्न राज्य र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने समेत कार्यक्रम रहेको छ । सहकारीमा देखिएका समस्याहरु समाधानको लागि सहकारी संस्था, अभियान, राज्यले गर्नुपर्ने कार्यमा छलफल र बहस गर्नुको साथै समुदायमा सहकारी प्रतिको विश्वासलाई जागृत गराउने अठोट समेत गरिएको छ।

राष्ट्रिय सहकारी महासंघले जारी गरेको सहकारीको दिगोपन, स्वनियमन र सुशासन भन्ने मुल नारामा आधारित रही अन्य विविध नाराहरु सहितको प्लेकार्डहरु सहित चन्द्रागिरि न।पा। भित्रका सहकारी संस्थाहरुले सयौंको संख्यामा ¥याली गर्ने योजना रहेको छ । त्यसै यसै दिवसको अवसरमा प्रत्यके वडामा सहकारी सचेता अभिबृद्धिका लागि सहकारी घरदैलो कार्यक्रम समेत आयोजना गर्ने योजना राखिएको आयोजक समितिले जनएको छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १५:३७