‘मनि मित्र’ सुपर एप सार्वजनिक, यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘मनि मित्र’ सुपर एप सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । सेयर लगानी क्षेत्रलाई लक्षित गर्दै मनि मित्र एप सार्वजनिक भएको छ । आइडियाप्रनर नेपालले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न भन्दै बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी ‘मनि मित्र’ सुपर एप र सफ्टवेयर सार्वजनिक गरेको हो ।

उक्त एप सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सार्वजनिक भएको मनि मित्र एपले धितो पत्र बोर्डको समस्या समेत समाधान गर्न बताए । उनले नेपालका शेयर बजारमा मूल जनसखाको २० प्रतिशत नागरिक सहभागिता रहेको भन्दै वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई सहयोग गर्ने बताए । यस्ता एपहरूले दिने शेयर लगानी साक्षरतामा वृद्धि गर्ने उनको विश्वास छ ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजोक कोइरालाले मनिभित्र एपमा रहेको गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, शेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी पाउन सकिने बताए ।

‘मनि मित्र’ सुपर एपमा समेटिएका ‘गुरु मन्त्र’ ‘ब्रोकर चिरफार’ र ‘वृद्धि’ प्रडक्टले सेयर बजारको बारेमा आवश्यक सम्पूर्ण जानकारी, विवरण र ज्ञान एउटै एप भित्र उपलब्ध हुन्छ । सुपर एपको सार्वजनिक गर्दै सेयर लगानीकर्ता समेत रहेका नायक कोइरालाले आफ्नो हिरो प्रडक्ट बजारमा ल्याएको समेत घोषणा गरे ।

‘मनि मित्र’ एपमा प्रयोगकर्ताले नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने सबै खाले वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध हुने कोइरालाको दाबी छ । मनि मित्रको प्रडक्ट ‘गुरु मन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल पाउने छन् ।

मनि मित्रको स्पेसल प्रडक्ट ‘गुरु मन्त्र’ले स्टक बास्केटमा विभिन्न १६ आधारमा कम्पनीहरूलाई समूहगत रूपमा राखेर त्यसको सेवा र विशेषताको आधारमा छुटाएको छ । नेप्से उपसमूहका अन्य कम्पनीहरूको तुलनामा राम्रो वित्तीय अवस्था भएका र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूलाई समूहगत रूपमा सुपर कमर्शियल बैङ्क, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैङ्क, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रो फाइनान्स, सुपर लाइफ इन्स्योरेन्स आदिमा राखिएको छ । जसले गर्दा प्रयोगकर्ताले सेयर बजार,मार्केट आदिमा छुट्टाएर चाहेको सूचना दिने कम्पनीको दाबी छ । लगानी सम्बन्धी आवश्यक धेरै विश्लेषणात्मक जानकारी एपमा सहज रूपमा प्रयोगकर्ताले पाउन सक्छन् ।

गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, लगानीकर्ताले चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्यूचुअल फन्डहरूको विवरण साथै विभिन्न म्यूचुअल फन्ड तथा कम्पनीहरूको वित्तीय अवस्थाबिच तुलना गर्न मिल्ने टुल समावेश गरिएको जानकारी दिइएको छ ।

सेयर बजारमा लगानीबारे अधिक जानकारी नभएका लगानीकर्तालाई पनि निर्णय लिन सल्लाह सुझाव उपलब्ध गराउने हुँदा गुरु मन्त्रमा समग्र राष्ट्रको अर्थतन्त्रको तथ्याङ्कहरू आम प्रयोगकर्ताले सहजै हेर्न र विश्लेषण गर्न सक्ने बताइएको छ ।

‘मनि मित्र’ एपलाई प्रयोग गर्न प्रयोगकर्ताले सुरुमा २ सय ९९ रुपैयाँ तिर्नु पर्नेछ । तर, सीमित सेवा लिनका लागि एप प्रयोगकर्ताले मनि मित्रको वेबसाइट, प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरेर नि सुल्क प्रयोग गर्न सक्नेछन् ।

के – के छन् विशेषता ?

प्रयोगकर्ताले मनि मित्रको एकै सदस्यता भित्र कम्पनीहरूका सम्पूर्ण विवरण, जानकारी र डाटा रहेको ‘ गुरु मन्त्र ’, ब्रोकरहरूको विवरण विश्लेषण र ब्रोकेरबीच तुलना गर्न मिल्ने ‘ ब्रोकर चिरफार ’ , व्यक्तिगत वित्तीय व्यवस्थापनको लागि ‘ वृद्धि ’ र ज्ञान वृद्धिका लागि ‘ आइडियाप्रेन्युर ज्ञान ’ एपबाटै लिन सक्नेछन्।

यो सँगै गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण उपलब्ध हुने जानकारी दिइएको छ ।

त्यसका साथै चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्यूचुअल फन्डहरूको विवरण साथै विभिन्न म्यूचुअल फन्ड तथा कम्पनीहरूको वित्तीय अवस्थाबिच तुलना गर्न मिल्ने टुल उपलब्ध भएकाले लगानीकर्ताले सहजै थोरै समयमा एकै ठाउँमा जानकारी र ज्ञान लिन सक्ने आयोजकले बताएका छन् ।

त्यस्तै लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था जान्न सयौँ पेजको रिपोर्ट मध्ये कुन तथ्याङ्कको लागि कुन पेज खोज्ने भन्ने समस्या समाधान गर्न गुरुमन्त्रमा कम्पनीको वित्तीय विवरण, त्रैमासिक रिपोर्ट, व्यालेन्स सिट, इन्कम स्टेटमेन्ट, क्यासफ्लो, अडिट– रेगुलेटरी तथा अन्य मेट्रिक्समा कम्पनीको वित्तीय विवरण सबै रहने बताइएको छ ।

मनि मित्रको अर्को प्रडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ् प्रदान गर्न सक्ने सेवा उपलब्ध रहेको बताइएको छ ।

ब्रोकर चिरफार अन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकरेले सर्वाधिक खरिदबिक्री गरेका सेयरको विवरण, ब्रोकरले होल्ड गरेको कम्पनीको विवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रूपमा बुझ्ने गरी राखिएको छ ।

त्यस्तै, अर्को प्रडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ। प्रयोगकर्ताले लगइन गर्ने समयमा वेबसाइटमा उपलब्ध गरेको विवरणको आधारमा प्रयोगकर्ताको वित्तीय अवस्था विश्लेषण गरी थप वित्तीय स्थायित्वको लागि कसरी वित्तीय व्यवस्थापन गर्ने भन्नेबारे ज्ञान प्राप्त हुनेछ।

त्यस्तै प्रयोगकर्तालाई चाहिँदा वित्तीय क्षेत्रका विज्ञसँग सहज कुराकानी गर्ने सुविधा समेत एपमा उपलब्ध छ ।
यो एपले क्षेत्रमा लाग्न चाहने,बुझ्न चाहने र लगानी गर्न चाहने सबैका लागि उपयोगी हुने आयोजकले अपेक्षा गरेका छन् ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १७:३३