मिटरब्याज पीडितको समस्या समाधानमा दल र सरकारको धारण एउटै हुनुपर्छ : सांसद राई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिटरब्याज पीडितको समस्या समाधानमा दल र सरकारको धारण एउटै हुनुपर्छ : सांसद राई



काठमाडौं । नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तिदेवी राईले मिटरब्याज पीडितको समस्या समाधान गर्न राजनीतिक दल र सरकारले साझा धारणा बनाउनु पर्ने बताएकी छिन । राष्ट्रि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले एकीकृति समाजवादीले मिटरब्याजी पीडितको समस्यालाई गम्भिरताका साथ लिएको बताएकी हुन् ।

उनले भनिन् ‘मिटरब्याजीका दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ । यसमा एकीकृत समाजवादीको धारणा स्पष्ट छ । र, सबै राजनीतिक दलको धारणा पनि यस्तै हुनु पर्यो । सरकारले यसलाई गम्भिरताका साथ लिनुपर्यो ।’

मिटरब्याज पीडित ऋणमा छट्पटाइरहेको बताउँदै राईले त्यसको अन्त्यका लागि चाँडोभन्दा चाँडो पहल गरिनु पर्नेमा जोड दिइन् । उनले भनिन्‘सरकारले पीडितलाई डुबे जति रकम क्षतिपुर्ती बापत दिनु परयो । अपराधीबाट असुलेर लिनु पर्ने हो भने पनि लिइहाल्नु पर्यो । यो काम सरकारले तुरुन्त गर्नुपर्यो ।’

पूँजीवादी समाज विकासको चरणमा आइपुग्दा समेतमानिस मिटरब्याजको पीडामा छट्पटाउनु गम्भिर समस्या रहेको राईको भनाई छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १८:०१