एसईई आजदेखि, ५ लाखभन्दा बढी विद्यार्थीले परीक्षा दिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एसईई आजदेखि, ५ लाखभन्दा बढी विद्यार्थीले परीक्षा दिँदै



काठमाडौं। २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (चैत १७ गते)बाट सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेबाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको बोर्डले जनाएको छ। परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार १०:५८