सुपथ मूल्यमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराउने मन्त्री खानको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुपथ मूल्यमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराउने मन्त्री खानको प्रतिबद्धता



काठमाडौं । खानेपानी मन्त्री अब्दुलखानले, पानी माधनी देशका जनताले पिउने पानीका लागि महँगो पैसा तिर्नु पर्ने बाध्यता दुर्भाग्य हो भनेका छन् । सिंहदरबारमा खानेपानी निःशुल्क खुवाउने कार्यक्रमको उद्घाटन गर्दै, अब नेपालीलाई सुपथ मूल्यमा पिउने पानी उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य हुने उनको भनाई छ । पानीको मूल्य घटाउनुको विकल्प नभएको उनको भनाई छ ।

उनले भने ‘पानीमा देश धनी भएको हाम्रो देशको जनताले पानी यति महँगो तिरेर खानु पर्ने कुरा दुर्भाग्यहो, यसको लागि हामी लागि परेका छौ । यसको मूल्य घटाउनु पर्छ त्यसमा दुई मत छैन ।’ मेलम्चीको पानी सम्पूर्ण सरकारी निकायहरूमा खुवाउने घोषणा र प्रतिबद्धता पूरा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले उपत्यकाभित्र र देशभर खानेपानीको समस्या समाधान गर्न एउटा कार्य योजना बनाएको र उक्त योजनामा काम गर्न सक्ने हो भने देशमा पानीको समस्या समाधान हुनुका साथै निर्यात पनि गर्न सकिने दाबी गरे । ‘मैले योजना बनाएको हिसाबले काम गर्न सक्ने हो भने २ वर्षमा काठमाडौं उपत्यका भित्रको पानीको समस्या समाप्त पार्ने, ३ वर्ष भित्रमा हिमाल पहाडमा जुनपानीको समस्या छ, स्वच्छ खानेपानी समस्या समाप्त पार्ने, ५ वर्षमाहाम्रो देशको खाने पानी विदेशमा पनि निर्यात गर्ने हाम्रो योजना छ । उक्त योजनामा काम गर्न, ३ देखि ५ महिनाभित्र बोतल र जारको पानीको मूल्यकम गर्ने छौ ।’ उनले भने

नेपाल सरकारले गरेको प्रतिविद्धता अनुसार एक घर एक पानीको धाराको हिसाबले काम अगाडि बढि रहेको पनिउनको भनाई छ । उनले सार्वजनिक स्थान, अस्पताल, बसपार्क एयरपोर्टमा निःशुल्क पानी वितरण गर्ने कार्य योजना अघि बढेको बताए ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार १२:२८