बेथिति रोकिएको छ, तीनमहिनामा धेरै कामभएको छ : प्रधानमन्त्री प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

बेथिति रोकिएको छ, तीनमहिनामा धेरै कामभएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा धेरै काम गरेको दाबि गरेका छन् । शुक्रबार अखिल नेपालमहिला संघको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले थितिबसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएका हुन् ।

‘बेथितिहरू अन्त्यगर्न र थितिबसाल्न यस अवधिमा महत्त्वपूर्ण कामभएका छन्। मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ। राजश्व संकलनमा सुधार आएको छ, विदेशीमुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामालामा लाइन हटेका छन्। राहदानी, लाइसेन्स लगायतका काममा विगतको झन्झट हटेका छन्। यसलाई ठीक ढंगले बुझेर जनतामा लैजौँ।’

सरकार गठन भयो तर राष्ट्रिय सहमतिखोज्दै जाँदा सहमति नभएको र गठबन्धनमा जानुपर्ने परिस्थिति आएको उनको भनाई छ । नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको भन्दै उनले ओझेलमा परेको कामहरुमा सरकारले गति लिने बताएका छन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार १६:३४